चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा दोहोरिए सी जिनपिङ

बिहीबार, मंसिर १, २०७९
काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को नेतृत्वमा सी जिनपिङलाई पुनः महासचिवमा चयन भएका छन् । शनिबार सम्पन्न २०औं महाधिवेशनबाट महासचिवमा तेस्रो कार्यकालका लागि सी चयन भएका हुन् । गत १६ अक्टोबरदेखि राजधानी बेइजिङमा सुरु भएको महाधिवेशनले ‘सी विचारधारा’ लाई थप मजबुत बनाउने निर्णय गरेको छ । सी विचारधारालाई सीपीसीले सन् २०१७ मा सम्पन्न १९औं राष्ट्रिय महाधिवेशनबाट स्वीकृत गरिसकेको थियो । सीले चिनियाँ विशेषता अनुसारको नयाँ चिनियाँ समाजवादी समाज निर्माण गर्ने अवधारणा राखेका छन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:०७
प्रतिक्रिया दिनुहोस्