अहिलेको सरकारले न्यायालयको हुर्मत लिन खोज्योः ओली

बिहीबार, मंसिर १, २०७९
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारले न्यायालयको हुर्मत लिन खोजेको आरोप लगाएका छन् । एमाले ललितपुरको नेपाल संवाद र तिहारको शुभकामना दिन शनिबार आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । ओलीले सरकारले न्यायाधीशलाई घरमा थुनेर राखेर स्वेच्छाचारी व्यवहार देखाएको समेत बताए । अहिलेका जस्तो अवस्था पञ्चायत कालमा समेत नभएको उनले दाबी गरे । प्रधानन्यायाधीशलाई घरमा थुनछेकको मात्रै होइन उनका छोरी, बुहारी र भतिजीहरूलाई समेत घरबाट निस्कन नदिएको र निस्किए हिरासतमा लिने गरेको ओलीले आरोप लगाए । अहिलेको कुशासनको अन्त्य मंसिर ४ पछि हुने उनले बताए । ‘ सबै व्यवस्थाको अन्त्यका लागि ४ मंसिरको निर्वाचनबाट स्थायित्व दिने सरकार चयन हुनुपर्छ । देश हार्ने या जित्ने यही दिन निर्णय हुन्छ ।’ ओलीले भने । उनले यो निर्वाचन सार्थक निर्वाचन हुने विश्वास व्यक्त गरे । उनले कार्यक्रममा विभिन्न पार्टीबाट एमालेमा प्रवेश गरेकाहरूलाई पनि स्वागत गरेका छन् । (न्युज कारखाना
प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:०७
प्रतिक्रिया दिनुहोस्