सरकारले स्वेच्छाचारी व्यवहार देखायाे : अध्यक्ष ओली

बिहीबार, मंसिर १, २०७९
काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको जस्तो व्यवस्था पञ्चायतकलामा पनि नभएको बताएका छन् । शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले न्यायाधीशलाई घरमा थुनेर राख्नु न्यायालयको हुर्मत लिनु जस्तै भएको बताएका हुन् । पञ्च्यायतकालमा नागरिकमाथि गरिएकाे दमनभन्दा ठुला काम अहिलेकाे गठबन्धन सरकारबाट भएकाे ओलीकाे भनाइ थियाे । ओलीले सर्वाेच्च अदातलकाे निलम्बित प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर राणालाई नजरबन्दमा राखेकाे विषय उठान गरेका थिए । सरकारले स्वेच्छाचारी व्यवहार देखाएको बताउँदै ओलीले आगामी निर्वाचनले यस्तो व्यवस्था विरुद्धको सरकारका लागि जनताले मतको सदुपयोग गर्नु पर्ने बताएका छन् । उनले भने, ‘अहिलेको सरकारले चलाएको स्वेच्छाचारी व्यवस्थाको असत्यका लागि  मङ्सिर ४ को निर्वाचनबाट स्थायित्व दिने सरकार चयन हुनुपर्छ । देश हार्ने या जित्ने यही दिन निर्णय हुन्छ ।’ उनले यो निर्वाचन सार्थक निर्वाचन हुने विश्वास व्यक्त गरे । उनले कार्यक्रममा विभिन्न पार्टीबाट एमालेमा प्रवेश गरेकाहरूलाई पनि स्वागत गरेका छन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:०७
प्रतिक्रिया दिनुहोस्