देउवाले नपत्याएका वाग्लेलाई ओलीले गरेका थिए काठमाडौँ-७ बाट चुनाव लड्ने अफर

बिहीबार, मंसिर १, २०७९

काठमाडौँ- राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष अर्थविद् स्वर्णिम वाग्लेले आफूलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं ७ बाट चुनाव लड्न प्रस्ताव गरेको बताएका छन् ।

नेपाली कांग्रेसले शनिबार विहान काठमाडौंमा आयोजना गरेको चुनावी कार्यक्रममा बोल्ने क्रममा उनले कांग्रेसबाट टिकट नपाएपछि आफूलाई एमाले अध्यक्ष ओलीले काठमाडौं ७ बाट उम्मेदवारी दिएमा आफ्नो पार्टीले सहयोग गर्ने प्रस्ताव गरेको बताएका हुन् ।

वाग्लेले भने, ‘कांग्रेसबाट उम्मेदवार हुन खोजेको थिएँ । टिकट पाइन, एमाले अध्यक्ष केपी शर्मा ओलीले फोन गरेर काठमाडौं ७ बाट उठ्न आग्रह गर्नुभएको थियो । त्यहाँ हाम्रो उमेद्वार छैन, एमाले सहयोग गर्छ भन्नुभएको थियो ।’,

नेपाली कांग्रेसबाट चितवन१ का प्रतिनिधिसभा उम्मेदवारको आकांक्षी रहेका वाग्लेले अन्तिममा टिकट भने पाएनन् ।

प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:०७
प्रतिक्रिया दिनुहोस्