इग्लिस प्रिमियर लिगमा आज ४ खेल हुँदै

बिहीबार, मंसिर ८, २०७९
काठमाडौं–इंग्लिस प्रिमियर लिग फुटबलमा शनिबार राति चार वटा खेल हुँदैछन् । लिभरपुल, म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड, चेल्सीलगायत खेल्दैछन् । पहिलो खेलमा सवा ५ बजे लिभरपुल र नटिङघम फरेस्ट खेल्दैछन् । त्यस्तै बेलुका पौने आठ बजे दुई वटा खेल हुँदैछन् । म्यानचेस्टर सिटी र ब्राइटन तथा एभर्टन र क्रिस्टल प्यालेस खेल्नेछन् । शनिबार नै हुने अर्को खेलमा चेल्सी र म्यानचेस्टर युनाइटेड राति सवा १० बजे खेल्नेछन् । चेल्सी १० खेलमा २० अंकका साथ अंकतालिकाको चौथो स्थानमा छ भने युनाइटेड समान खेलमा १९ अंकका साथ पाँचौ स्थानमा रहेको छ ।  
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०१:२९
प्रतिक्रिया दिनुहोस्