जनताले पाएको सिंहाशन अब नारायणहिटी फर्किन्न : रामचन्द्र पौडेल

बिहीबार, मंसिर १, २०७९

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनताले पाएको सिंहाशन अब नारायणहिटी नफर्किने बताएका छन् । विराटनगरमा शनिबार आयोजित सत्ता गठबन्धनको संयुक्त भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएको हो ।

बहुदलले ल्याएको प्रगतिले आत्तिएकाहरुले दुस्प्रचार गरिरहेको पौडेलको आरोप छ । उनले भने, ‘प्रतिगमनकारीहरुले बुझुन्, अब जनविरोधी हर्कत स्वीकार्य हुन्न। जनताले पाएको सिंहाशन अब नारायणहिटी फर्किन्न। केपी ओली प्रतिगमनको प्रतीक बन्नू भएको छ। जनताले वास्तविकता बुझ्नुपर्छ।’

उनले छद्मभेषीहरूले अनेक हतकण्डा मच्चाउने कोशिश गरिरहेको भन्दै त्यसलाई जनताले चिन्नुपर्ने बताए । उनले पूर्वराजा ज्ञानेन्द्र तथा केपी ओलीलाई नामै लिएर प्रतिगमन अब नफर्कने पनि जिकिर गरे।

नेपाललाई र नेपालको अर्थतन्त्रलाई बलियो बनाउन गठबन्धनलाई जिताउन उनले कार्याकर्तालाई आग्रह गरे। गठबन्धन साथीहरूले मनमुटाव एकआपसमा हटाएर अगाडि बढ्नुपर्नेमा पौडेलले जोड दिए।

प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:०७
प्रतिक्रिया दिनुहोस्