आज जरिमाना नबुझाए ४०७ जना समानुपातिक उम्मेदवारको नाम रद्द

बिहीबार, मंसिर १, २०७९

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ उम्मेदवार भएका ४०७ जनाका लागि शनिबार जरिमाना बुझाउने अन्तिम दिन हो।

स्थानीय तह सदस्य निर्वाचन २०७९ मा उम्मेदवार भई निर्वाचन खर्चको विवरण तोकिएको समयावधिभित्र नबुझाउने उम्मेदवारहरूलाई आयोगको आजसम्मको समय सीमा दिएको हो। निर्वाचन आयोगले केहि दिनअघि सूचना निकालेर जरिवाना बुझाउन भनेको थियो।

आयोगले शनिबार परे पनि प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयमा कार्यालय समयभित्र जरिवाना बुझाउन सकिने भनेको छ। जरिवाना बापतको रकम नबुझाउने उम्मेदवारहरूको हकमा प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीबाट नाम हटाउने आयोगले भएको छ।

३१ भदौको निर्णयअनुसार निर्वाचन आयोग ऐन, २०७३ को दफा २६ बमोजिम जरिवाना भएकोमा यसरी जरिवाना तोकिएका उम्मेदवारहरूको नाम ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलले पेश गरेको बन्दसूचीमा समावेश भएको भए त्यस्ता उम्मेदवारहरू आफूलाई तोकिएको जरिवाना बापतको रकम आयोगलाई बुझाउनु पर्नेछ।

उम्मेदवारको निवेदन उपर जाँचबुझ गर्ने समयसीमा ५ कात्तिक (आज) कार्यालय समयभित्र बुझाएमा जरिवाना असुल उपर भएको कायम गरी उम्मेदवारी दर्ता गर्न आयोगले समानुपातिक प्रणाली मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको थियो।

समानुपातिकतर्फका जरिवानामा परेका ४ सय ३९ उम्मेदवारमध्ये शुक्रबारसम्म ३२ जनाले जरिवाना बुझाइसकेका छन्। ४ सय ७ जना बाँकी छन्।

प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:०७
प्रतिक्रिया दिनुहोस्