को बन्नेछन् बेलायतीका नयाँ प्रधानमन्त्री?

बिहीबार, मंसिर १, २०७९
काठमाडौं–बेलायतमा सत्तारुढ कन्जरभेटिभ पार्टीको नेता तथा प्रधानमन्त्री बन्ने होडमा ऋषि सुनक अग्रस्थानमा देखिएका छन् । उनले पार्टी नेता तथा प्रधानमन्त्री बन्ने प्रतिस्पर्धामा सामेल हुनका लागि चाहिने १०० सांसदको समर्थन लगभग पूरा गरेका छन् । मनोनयन दर्ताका लागि १०० सांसदको समर्थन चाहिन्छ । ३५७ सांसद रहेको ट्रोय पार्टीका तीन नेता मात्रै प्रधानमन्त्रीको होडमा सामेल हुन पाउँछन् । अहिलेसम्म सुनकले ट्रोय पार्टीका ९३ सांसदको समर्थन पाएका छन् । पूर्व प्रधानमन्त्री बोरिस जोन्सन पनि पुनः प्रधानमन्त्रीको होडमा सामेल हुने देखिएको छ । उनलाई अहिलेसम्म ४४ सांसदले आफ्नो समर्थन रहेको बताएका छन् । बिदाका लागि क्यारबियन क्षेत्र गएका उनी बेलायत फर्कँदै छन् । जोन्सनलाई प्रतिस्पर्धापन गरेर लिज ट्रस प्रधानमन्त्री बनेकी थिइन् । त्यस बेला सुनक पराजित भएका थिए । तर ट्रसले ६ हप्तामै राजीनामा दिएपछि बेलायत पुनः नयाँ प्रधानमन्त्रीको खोजीमा लागेको हो । यसपटक जोन्स फेरि प्रतिस्पर्धामा आउने भएका हुन् । हालसम्मको समिकरणले सुनकलाई अघि देखाएको बेलायती सञ्चारमाध्यमले जनाएका छन् । भावी प्रधानमन्त्रीको होडमा रहेकी पेनी मोर्डन्टलाई २१ सांसदले समर्थन गरेका छन्। तर सुनक र जोन्सनले अहिलेसम्म औपचारिक रुपमा आफू प्रतिस्पर्धामा रहेको बताएका छैनन् । बिदाका लागि डोमिनिकन रिपब्लिकमा रहेका जोन्सन शनिबार बिहान लण्डन पुग्ने छन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:०७
प्रतिक्रिया दिनुहोस्