प्रतिनिधिसभामा सबैभन्दा बढी उम्मेदवार एमालेको, माओवादीको साना दलकोभन्दा कम (विवरणसहित)

बिहीबार, मंसिर १, २०७९

काठमाडौं - आगामी मंसिर ४ गतेका तय भएको प्रतिनिधिसभाको निर्वाचनमा एमाले सबैभन्दा धेरै उम्मेदवार उठाउने पार्टीको रुपमा रहेको छ । निार्वचन आयोगमा ६२ वटा राजनीतिक दलले प्रतिनिधिसभामा उम्मेदवार खडा गर्दा एमाले सबैभन्दा धेरै उम्मेदवार खडा गर्ने पार्टीको रुपमा रहेको छ ।

निर्वाचन आयोगको तथ्याङ अनुसार स्वतन्त्र सहितको उम्मेदवारको संख्या २ हजार ४१२ जना रहेको छ । जसको ९ प्रतिशत अर्थात २२५ जना मात्रै महिलाको उम्मेदवारी परेको छ । जम्मा उम्मेदवारीको ९१ प्रतिशत अर्थात २ हजार १८७ पुरुषकै परेको निर्वाचन आयोगको तथ्यांकले देखाएको छ।

६२ राजनीतिक दलमध्ये सबैभन्दा बढी नेकपा (एमाले)ले १४१ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ। प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्रमध्ये २४ निर्वाचन क्षेत्रका गठबन्धन गरेका कारण छोडे पनि बाँकी १४१ निर्वाचन क्षेत्रमा भने एमालेले आफ्नै उम्मेदवार उठाएको हो । नेकपा (एमाले)ले सबैभन्दा बढी १४१ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिँदा महिलालाई भने उपेक्षा गरेको छ। जम्मा उम्मेदवारीको ७ प्रतिशत मात्रै अर्थात ११ जना महिला उम्मेदवार उठाएको छ।

दोस्रोमा राजेन्द्र लिङदेनले नेतृत्व गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीले एमाले भन्दा एक निर्वाचन क्षेत्र मात्र कम अर्थात १४० निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएको छ। राप्रपाले पनि महिलालाई उपेक्षा गर्दै ५ प्रतिशत अर्थात् ८ जना मात्रै महिला उम्मेदवार उठाएको छ ।

तेस्रोमा सबैभन्दा बढी रबी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (राप्रपा)ले १३१ निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउँदा ९ प्रतिशत अर्थात १२ जना महिला उम्मेदवार उठाएको छ । चौथोमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले १०९ निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउँदा ११ प्रतिशत अर्थात १२ जना महिला उठाएको छ । नेकपा (एमाले) र राप्रपा भन्दा बढी महिलाको उम्मेदवारी राष्ट्रिय स्वतन्त्र पार्टी र नेमकिपाबाट परेको छ।

अहिलेको सत्तारुढ दल अर्थात आगामी निर्वाचनमा आँफू सबैभन्दा पहिलो दल हुने दाबी गरिरहेको नेपाली काँग्रेसले पाँचौ नम्बरमा ९१ निर्वाचन क्षेत्रमा मात्रै उम्मेदवार उठाएको छ । जम्मा उम्मेदवारीको ५ प्रतिशत अर्थात ५ जना मात्रै महिला उम्मेदवार उठाएको छ । छैटौं नम्बरमा भने मंगोल नेशनल अर्गनाइजेशनले ८८ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउँदा ११ प्रतिशत अर्थात १० जना महिला उम्मेदवार उठाएको छ ।

सातौ नम्बरमा जनता समाजवादी पार्टी (जसपा)ले ७९ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउँदा ८ प्रतिशत अर्थात ७ जना महिला उम्मेदवार उठाएको छ। एमाले कांग्रेसभन्दा बढी महिलाको उम्मेदवारी जसपाबाट परेको छ । नवौँ नम्बरमा कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले ५८ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउँदा १० प्रतिशत अर्थात ६ जना महिला उठाएको छ ।

राप्रपा नेपालले पनि एमाले र कांग्रेसभन्दा बढी नै महिला उम्मेदवार उठाएको छ। बाहौँ नम्बरमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले ५१ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउँदा ५ प्रतिशत अर्थात ३ जना महिला उठाएको छ। लोसपाले पनि अन्य राजनीतिक दलको तुलनामा कम अर्था नेपाली कांग्रेसकै जति महिला उम्मेदवार उठाएको छ।

नेकपा ‍(माओवादी केन्द्र)बाट सबैभन्दा बढी १७ प्रतिशत महिलाको उम्मेदवारी रहेको छ । आगामी निर्वाचनपछि आफुलाई दोस्रो पार्टी हुने दाबी गर्दै आएको सत्तारुढ नेकपा (माओवाद केन्द्र)ले भने साना दलकोभन्दा पनि कम ४६ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ। आगामी निर्वाचनमा भाग लिएका ६२ दलमध्ये सबैभन्दा धेरै महिला उम्मेदवार उठाउने पार्टीका रुपमा नेकपा (माओवादी केन्द्र) बनेको छ। माओवादीले जम्मा उम्मेदवारीको १७ प्रतिशत अर्थात ८ जना महिला उम्मेदवार उठाएको छ। माधवकुमार नेपाल नेतृत्वको सत्तारुढ नेकपा (एकीकृत समाजवादी)ले भने २१ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउँदा सबैभन्दा कम अर्थात ४ प्रतिशत अर्थात एक जना मात्रै महिला उम्मेदवार उठाएको छ।

स्वतन्त्रबाट मात्रै जम्मा उम्मेदवारीको ३५ प्रतिशत अर्थात ८६७ जनाको उम्मेदवारी परेको छ। जसमा ८ प्रतिशत अर्थात ७७ जना महिलाले स्वतन्त्रबाट उम्मेदवारी दिएका छन्। स्वतन्त्रतर्फको उम्मेदवारीलाई हिसाव नगर्दा ६२ वटा राजनीतिक दलबाट एक हजार ५४५ जनाको उम्मेदवारी पर्दा ९ प्रतिशत नै अर्थात १४८ जना महिलाको उम्मेदवारी परेको छ।

प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:०७
प्रतिक्रिया दिनुहोस्