नेभिगेशन
जीवनयापन

बास्तुशास्त्र अनुसार मिल्ने शयन कक्ष

शयन कक्षको डिजाइनिङमा त्यस कोठालाई प्रयोग गर्ने व्यक्ति जुन दिशातर्फ सिरानी बनाएर सुत्छ त्यसैको आधारमा झ्याल, ढोका र कपडा राख्ने दराज आदिको ठाउँ निश्चित गरिन्छ । मानिसले आफ्नो घरमा सिरानी पूर्व वा दक्षिणतर्फ बनाएर सुत्नुपर्छ भन्ने कुरा शास्त्रहरुमा उल्लेख गरिएको छ । त्यसरी नै अरुको घरमा सिरानी पश्चिमतर्फ बनाउनुपर्छ । तर सिरानीलाई उत्तरतर्फ बनाएर कहिल्यै पनि सत्नु हुँदैन । शरीरका सबै भागहरुमध्येमा टाउको सबैभन्दा गह्रौँ र हरेक दृष्टिकोणले सर्वाधिक महत्वपूर्ण भाग हो र सुख शान्तिको लागि दक्षिणतर्फ सिरानी बनाएर सुत्नु सर्वाेत्तम हुन्छ । कोठाभित्र पलङ वा ओछ्यान लगाउँदा पूर्व र उत्तरतर्फ बढी ठाउँ छोड्नुपर्छ तथा ओछ्यानबाट उठ्दा सबैभन्दा पहिले दाहिने खुट्टाले भुइँ छुनुपर्छ र उठेर पूर्वतर्फ हिँड्ने अवस्था हुनुपर्छ । शयन कक्ष घरको दक्षिण–पश्चिम कुनामा हुनुपर्छ । यदि सबै शयन कक्षहरु यस भागमा बन्न सकेनन् भने यस उद्देश्यको पूर्तिको लागि पूर्व, उत्तर–पूर्व वा दक्षिण–पूर्वका क्षेत्रहरुलाई प्रयोगमा ल्याउनु पर्छ । यो ठाउँ बच्चा तथा वृद्धहरुको लागि उचित हुन्छ । बच्चाहरुले आफ्नो सिरानी पूर्वतर्फ बनाएर सुत्नुपर्छ तर वृद्धहरुले चाहिँ हुँदैन । यस सम्बन्धमा निम्नलिखित विधान छ सिरानी दक्षिणतर्फ — दीर्घ वायु प्राप्त हुन्छ । सिरानी पूर्वतर्फ — ज्ञानेदयको कारण बन्छ । सिरानी पश्चितर्फ — प्रसन्नताको नाश, दुःख, शोधको कारण बन्छ । सिरानी उत्तरतर्फ — मृत्युको कारण बन्छ । साभारः ‘वास्तुशास्त्र’ पुस्तकबाट
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय