‘केपी ओलीले बहुमत ल्याए देश छाडेर भाग्नुपर्ने हुन्छ’–माधवकुमार नेपाल

बिहीबार, मंसिर १, २०७९
काठमाडौ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अलिकति शक्ति आर्जन गरेर आएमा देश छाडेर भाग्नुपर्ने अवस्था आउने बताएका छन् । सत्तारुढ गठबन्धनले शुक्रबार बुटवलमा गरेको कार्यक्रममा उनले भने, ‘केपी ओलीले अलिकति शक्ति आर्जन गरे भने बहुमतको त कुरै छाड्नुस् त्यसपछि देश छाडेर भाग्नुपर्ने हुन्छ ।’ नेता नेपालले ओलीले आफ्नो र प्रचण्डको सुझाव नमानेको बताए । ‘सुझाव सल्लाह पचेन, न मैले भनेको पच्यो न प्रचण्डले भनेको पच्यो, घोच्यो मात्रै पचेन’, नेपालले भने, ‘बोल्यो कि पोल्यो, पोल्दो रहेछ, किनकि उहाँलाई भक्तिभाव चाहिन्छ ।’ नेता नेपालले हालै एमाले छाडेका घनश्याम भूसालको उदाहरण दिँदै ओली नसुध्रिने टिप्पणी गरे । ‘कमरेड घनश्याम बोल्नुभएको भए क्या स्वाद आउने थियो, नयाँ अनुभवसहित’, नेपालले भने, ‘हामी त आजित भइसकेको, उहाँ त सुधार्नका लागि बस्नु भएको, सुध्रिन्छन् कि भनेर साबुनपानीले धुन खोजेको खोजै, धुन खोज्दाखोज्दै पार लागेन, लाग्दैन भन्ने मेरो निश्कर्ष थियो ।’  
प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:०७
प्रतिक्रिया दिनुहोस्