रुपन्देही क्षेत्र नम्बर २ का उम्मेदवार राजु गुरुङको उम्मेदवारी सर्वोच्चद्वारा खारेज

बिहीबार, मंसिर १, २०७९
काठमाडौँ । सर्वोच्च अदालतले रुपन्देही क्षेत्र नम्बर २ मा गठबन्धनका तर्फबाट साझा उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज गरेको छ । गुरुङको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयलाई सदर गर्दै सर्वोच्च अदालतले यस अघिको अल्पकालीन अन्तरिम आदेश पनि खारेज गरिदिएको हो । बैंकिङ कसूरमा सजाय पाएका र अदालतमा मुद्दा खेपिरहेका नेकपा एसका उम्मेदवार गुरुङको उम्मेदवारी निर्वाचन ऐन २०७४ बमोजिम खारेज गरेको थियो । त्यसविरुद्ध गुरुङले दायर गरेको रिटको प्रारम्भिक सुनुवाई गर्दै न्यायाधीश विश्वम्भर श्रेष्ठको एकल इजलासले सो निर्णय कार्यन्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो । शुक्रबार दुवै पक्षको बहसपछि न्यायाधीश ईश्वर खतिवडा र कुमार रेग्मीको इजलासले गुरुङको उम्मेदवारी कानुनविपरीत देखिएको भन्दै अल्पकालीन अन्तरिम आदेश निरन्तर जान नसक्ने भनेको छ । सर्वोच्चको यो आदेशसँगै गुरुङ अब उम्मेदवार रहेनन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:०७
प्रतिक्रिया दिनुहोस्