गठबन्धन सरकार काम गर्नका लागि बनेको होइनः ओली

बिहीबार, मंसिर १, २०७९
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकार काम गर्न नभइ जनतालाई झुक्याउन बनेको बताएका छन् । शुक्रवार राष्ट्रियसभामा आदिवासी जनजातिसँग चुनावलक्षित कार्यक्रमलाई सम्बोधन गर्दै उनले गठबन्धन सरकारले विकास नचाहेको बताए । उनले मंसिर ४ पछि जनकपुरको रेलभन्दा पनि तीव्र रुपमा विकासले गति लिने बताए । उनले भने, ‘हाइवेको गाडिभन्दा छिटो विकासको गति तीव्र गतिमा चुनावपछि बन्ने एमाले सरकारले लिन्छ। मंसिर ४ मा गाउँ गाउँमा महाअदालत बसेर महाफैसला गर्दैछ। त्यो सही फैसला हुन्छ। साथीहरू लाग्नुस्।’ ओलीले भने, ‘हामीले रेल ल्याउँछौँ भन्दा मजाकमा उडाउँथे। अस्ति म चढेर आएँ। तर, रेल खचाखच हुने रहेछ। मलाई त्यहाँका अफिसरहरूले भने रेल थपिदिनुपर्‍यो भनेर। नत्र एकदमै कोचाकोच भयो रेलमा। रेल विस्तार र गर्नुपर्‍यो। पूर्वपश्चिम रेलमार्ग निर्माणको लागि मार्ग तयार गरिसकेका छौँ। मुआब्जा दिने काम भइरहेको छ। यो सरकारले काम गरेको छैन। यो काम गर्न जन्मिएको सरकार पनि होइन।’
प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:०७
प्रतिक्रिया दिनुहोस्