गोरखा–२ मा यस्तो छ नमुना मतपत्र

बिहीबार, मंसिर १, २०७९
गोरखा–आगामी मङ्सिर ४ मा हुने आम निर्वाचनमा गोरखा क्षेत्र नम्बर २ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको उम्मेदवारीका कारण चर्चामा छ । निर्वाचन आयोगले सार्वजनिक गरेको नमुना मतपत्रमा १२ नमुना मतपत्र रहेको छ । जसअनुसार एमालेको चुनाव चिह्न सूर्य पहिलो नम्बरमा रहेको छ भने दोस्रोमा नेकपा माओवादी केन्द्रको चुनाव चिह्न गोलाकारभित्रको हँसिया हथौडा रहेको छ । यस्तै तेस्रोमा राप्रपाको हलो र चौथोमा नेमकिपाको मादल रहेको छ । क्षेत्र २ मा माओवादी प्रचण्डसहित ११ जना उम्मेदवार चुनावी मैदानमा छन् । यो क्षेत्रमा प्रचण्डका मुख्य प्रतिस्पर्धीका रुपमा एमालेका अब्दुस सलाम मियाँ रहेका छन् । अन्य उम्मेदवारहरूमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सुशिल पन्त, नेपाल मजदुर किसान पार्टीका प्रसाद लामिछाने, हाम्रो नेपाली पार्टीका प्रकाश थापा, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका कुलबहादुर बस्नेत र नेकपा मालेका नारायणबाबु आचार्य उम्मेदवार रहेका छन् । यसैगरी गोरखा १ को मतपत्रमा १० वटा निर्वाचन चिह्न रहेको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:०७
प्रतिक्रिया दिनुहोस्