गठबन्धनको विकल्प छैन : प्रकाशमान सिंह

बिहीबार, मंसिर १, २०७९

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राजनीतिक स्थिरताको लागि गठबन्धनको विकल्प नरहेको बताएका छन् । उनले विकास निर्माणको लागि पनि राजनीतिक स्थिरता आवश्यक पर्ने भन्दै त्यसको लागि गठबन्धनको विकल्प नभएको बताएका छन्।

शुक्रबार काठमाडौंमा आयोजित वाम–लोकतान्त्रिक गठबन्धनको शुभकामना आदानप्रदान कार्यक्रम नेता सिंहले देशमा स्थिरता कायम होस् भन्ने चाहना जनताको भएकाले राजनीतिक स्थिरताकै लागि गठबन्धन गरिएको बताए।

राजनीतिक स्थिरताबाटै देशमा समृद्धि र विकास हुने भन्दै उनले आगामी निर्वाचनमा गठबन्धनलाई जिताउन आग्रह समेत गरे। ‘नेपालको राजनीतिक परिस्थितिबाट जनताको स्थिरताको लागि जुन चाहना छ, राजनीतिक स्थिरता कायम गर्नको लागि पनि गठबन्धनका उम्मेदवारहरुलाई जिताउन आवश्यक छ’, सिंहले भने, ‘अस्थिरता भयो भने विकास निर्माणको कुरा काल्पनिक हुन जान्छ, राजनीतिक स्थिरता र स्थायित्वका लागि र संविधानलाई ट्रयाकमा राख्न र कार्यान्वयन गर्नको लागि गठबन्धनका उम्मेदवारहरुलाई जिताउन आवश्यक छ ।’

गठबन्धनलाई जिताउन देशभरका सबै नेता, कार्यकर्ताले आवश्यक पहल गर्न सिंहको आग्रह छ।

प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:०७
प्रतिक्रिया दिनुहोस्