राजु गुरुङको रिटमाथिको पेसी आज पहिलो नम्बरमा

बिहीबार, मंसिर १, २०७९

काठमाडौँ - रुपन्देही-२ मा सत्ता गठबन्धनबाट एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङको रिटमाथिको पेसी आज पहिलो नम्बरमा परेको छ।

सो रिटमाथिको सुनुवाइका लागि सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासमा पहिलो नम्बरमा पेसी तोकिएको हो।

निर्वाचन कार्यालयले बैकिङ कसुरअन्तर्गत कालोसूचीमा नाम भएको भेटेपछि गुरुङको उम्मेदवारी खारेज गरेको थियो । त्यसविरुद्ध सर्वोच्च पुगेका गुरुङको उम्मेदवारी खारेजको निर्णय कार्यान्वयन नगर्न यसअघि सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश दिइसकेको छ।

निर्वाचन आयोगलाई विपक्षी बनाएर दायर गरिएको रिटमा आज दुवै पक्षका कानून व्यवसायीले बहस गर्नेछन्। आज अन्तरिम आदेशले निरन्तरता पाउने वा रिट खारेज हुने सम्बन्धमा निर्णय आउन सक्ने अनुमान गरिएको छ।

प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:०७
प्रतिक्रिया दिनुहोस्