बागमती प्रदेश मुख्यमन्त्रीको दाबेदार युवराज चौलागाईं

बिहीबार, मंसिर १, २०७९

रामेछाप - जिल्लाको प्रदेशसभा ‘ख’ बाट बाम–लोकतान्त्रिक गठबन्धनको प्रत्यक्ष तर्फको उम्मेदवार युवाराज चौलागाईं बागमती प्रदेश मुख्यमन्त्रीको दाबेदार हुन् । माओवादी केन्द्रको पोलिटव्यूरो सदस्य चौलागईं रामेछापबाट निर्वाचन जितेर आएको अवस्थामा प्रदेशमा सिनियर मध्येको एक नेतामा पर्छन् ।

बागमती प्रदेशमा प्रदेशसभामा माओवादीको उम्मेदवारमध्ये चौलागाईं बौद्धिक युवा र राजनीतिक रुपमा सिनियर नेता हुन् । विद्यार्थी राजनीतिबाट केन्द्रीय राजनीतिमा स्थापित नेता चौलागाईं लामोसमय पार्टीको विदेश विभागमा रहेर काम गरेका नेता हुन् । राष्ट्रिय अन्तराष्ट्रिय राजनीतिकको जानकार चौलागाईंले ४० भन्दा बढी देशको विकासलाई नजिकबाट बुझेका छन् ।

रामेछाप प्रदेशसभा‘ख’बाट उम्मेदवार चौलागाईं उलटफेर भएन भने जित निश्चित जस्तै छ । पार्टी अध्यक्षसँग सिधा पहुँच राख्ने चौलागाईंलाई अध्यक्षले समेत चुनाव जितेर आएपछि मुख्यमन्त्री बनाउने बताएको उनी निकट स्रोतले बताउने गरेका छन् । रामेछाप प्रदेश‘ख’ माओवादीको आधार इलाका हो । उक्त क्षेत्रबाट माओवादी एक्लै निर्वाचन लड्दा समेत जित्ने लगभग निश्चत हुन्छ ।

तर, मुख्यमन्त्री बन्न अध्यक्ष प्रचण्डसँगको सहमति वा आफ्नो तयारीको विषयमा भने चौलागाईं बोलको छैनन् । उनले पहिलो कुरा निर्वाचन जित्नु भएको र निर्वाचन जितेपछिको कुरा पछिनै हुने उनी बताउँछन् । तर, उनले निर्वाचन जितर गएपछिको अवस्थामा भने सांसद मात्र भएन नबस्ने बताएका छन् । क्यानडानेपालसँग कुरा गर्दै उनले भने, ‘मुख्यमन्त्रीको विषयमा अहिले मैले केही भन्दिन तर, निर्वाचन जितेर गएपछि त केही त होला ।’

रामेछापबाट पार्टीको केन्द्रीय राजनीतिमा बारम्बार निर्णायक रहँदै आएका चौलागाई प्रदेशसभामा चुनाव लड्दा प्रमुख प्रतिस्पर्धी एमालेले जिल्ला नेता मिलन घिसिङलाई टिकट दिनुपनि युवराजको लागि जित सहज भएको माओवादी नेताहरु बताउँछन् । घिसिङ रामेछापबाट सञ्चालित विभिन्न एनजिओहरुका काम गर्दै आइरका व्यक्ति हुन् । उनले स्थानीय तहको निर्वाचन आउनुभन्दा केही समय अघिदेखि मात्र राजनीतिकमा सक्रिय भएका हुन् । एनजिओ मार्फत् धेरै काम गरेको दाबी गर्ने घिसिङ उनले गरेको योजनामा त्यति नै विवादित पनि छन् ।

नेपाली कांग्रेस र माओवादी केन्द्रको संयुक्त निर्वाचन परिचालन समिति बनेको छ। सोही परिचालन समितिमार्फत् अभियान चलाइरहेका चौलागाईले प्रदेशमा चुनाव लडेका चौलागाईंलाई गाउँ कम बस्ने नेताको रुपमा चित्रित गर्न थालिएको छ ।

आफूलाई जिल्लामा कम बस्ने नेताका रुपमा चित्रित गर्न थालेपछि भने उनले आफूलाई जिल्लाको विकास निर्माणमा जिल्लामा मात्रै बसेर सम्भव नहुने भएकाले राजनीतिक नेतृत्वसँग पनि उत्तिकै सौहार्दपूर्ण सम्बन्ध चाहिने हुँदा जिल्ला र केन्द्रको कम्बिनेस मिलन खोज्दा यस्तो बताउँने गरेका छन् । जिल्ला विकास गर्न जिल्ला र केन्द्रसँग उतिकै सम्बन्ध कायम रहन पर्ने उनको दाबी छ ।

उनले आफू उमेरले युवा र ४० बढी देशको वैदेशिक भ्रमणबाट विकासका विभिन्न मोडलको अध्ययन गरेको व्यक्ति भएकाले प्रदेशसभा ‘ख’मा मतदान गर्ने रामेछापका मतदाताले आफूलाई रुचाउने दाबी गरेका छन्।

प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:०७
प्रतिक्रिया दिनुहोस्