रामेछापमा वाम-लोकतान्त्रिक गठबन्धनको जित निश्चित छ : श्रेष्ठ

बिहीबार, मंसिर १, २०७९

रामेछाप । रामेछाप जिल्लामा वाम-लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुको जित निश्चित रहेको प्रदेशसभा ‘क’को उम्मेदवार तथा माओवादी केन्द्र रामेछाप जिल्ला सचिव तारानारायण श्रेष्ठ‘बिगुल’ले बताएको छ । शुक्रबार क्यानडानेपालसँग कुरा गर्दै श्रेष्ठले अहिले आफूहरु चुनावी प्रचार प्रसारमा गाउँ गाउँमा रहेको र जनताले आफूहरुलाई राम्रो साथ दिएको बताए ।

रामेछापमा प्रतिनिधिसभामा कांग्रेसको पूर्णबहादुर तामाङ ‘कान्छाराम’ उम्मेदवार छन् । प्रदेश ‘क’मा माओवादीको तारानारायण श्रेष्ठ र प्रदेश ‘ख’मा माओवादीको युवराज चौलागाईं उम्मेदवार रहेका छन् । अहिले जिल्लामा सत्ता गठबन्धन र एमालेलगायत सबै राजनीतिक दल र उम्मेदवारहरु निर्वाचन केन्द्रीत प्रचार प्रसारमा गाउँ गाउँमा रहेका छन् ।

श्रेष्ठ अहिले आफूहरु प्रचार प्रसारलाई तिव्र बनाउँदै जनतालाई बाम-लोकतान्त्रिक गठबन्धनको पक्षमा भोट हाल्न आह्वान गर्दै हिडेको बताए । प्रतिगमनकारी एमाललाई गाउँ गाउँबाट जनताले पराजित गर्नुपर्ने उनलेको भनाई छ ।

बाम गठबन्धनको उम्मेदवारले हर्नु भनेको जनताले हार्नु भएको आफूहरुले यहि कुरा जनतालाई बुझाउँदै हिडेको बताए । सत्ता गठबन्धन दल जिल्लामा एमालेभन्दा २४ हजारभन्दा बढी मतले अगाडि रहेको छ ।

श्रेष्ठ जिल्लाको प्रभावशाली नेता हुन् । साना र ठुला र बृद्ध सबैलाई समान व्यवहार गर्ने श्रेष्ठ रामेछापमा सबैभन्दा बढी प्रभाव राख्न सक्ने नेता हुन् ।

प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:०७
प्रतिक्रिया दिनुहोस्