आज ओलीले फोन मार्फत् जनतासँग कुरा गर्ने

बिहीबार, मंसिर १, २०७९

काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज जनतासँग प्रत्यक्ष टेलिफोन संवाद गर्दैछन् । ओलीले आसन्न चुनावका सन्दर्भमा सर्वसाधारणसँग सुझाव लिन फेसबुकमार्फत नाम र नम्बर टिपाउन सार्वजनिक रूपमा आव्हान गरेका थिए ।

सोही अनुरूप मंगलबार साँझदेखि बिहीबार मध्यान्हसम्म १ लाख ७१ हजार ७ सय ८३ जनाले नाम र नम्बर टिपाएको सचिवालयले जनाएको छ।

ओलीले कुराकानी गर्न उत्साहपूर्ण सहभागिताका लागि आफू खुसी भएको बताएका छन्। ‘यो उत्साहपूर्ण सहभागिताका लागि मुरीमुरी धन्यवाद। धेरै सहभागिता भएकाले आज १२ बजेपछि नाम टिप्न बन्द गरिएको सचिवालयले जानकारी दिएको छ। भोलि हाम्रो कुराकानी हुनेछ। हामी तयार छौं नि ?’, ओलीले बिहीबार दिउँसो लेखेका थिए।

प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:०७
प्रतिक्रिया दिनुहोस्