पूर्वप्रधानमन्त्रीहरू लर्को लागेर संसदमा गइरहनुको औचित्य छैन : भट्टराई

बिहीबार, मंसिर १, २०७९

काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले पूर्वप्रधानमन्त्रीहरू सबै लर्को लागेर अब पनि संसदमा गइरहनुको औचित्य नहुने भएकोले आफूले चुनाव नलडेर त्याग गरेको बताएका छन् । नयाँ पुस्तालाई हस्तान्तरण गर्नका लागि पनि आफूले चुनाव नलडेको उनको भनाइ छ।

उनले प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई जानकारी गराएरै आफू चुनाव नलडेको बताए।

भट्टराई चुनाव लड्दै आएको क्षेत्र गोरखा २ मा यसपालि प्रचण्ड चुनाव लड्दैछन्।

आज काठमाडौं ७ मा भएको कार्यक्रममा भट्टराईले राजनीतिमा युवा पुस्ता आउनुपर्ने पनि बताए। यहाँ भट्टराईकी छोरीसमेत रहेकी समाजवादीकी नेता मानुषी यमी भट्टराई सत्ता गठबन्धनकी साझा उम्मेदवारका रूपमा चुनावी मैदानमा छिन्।

प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  १६:०७
प्रतिक्रिया दिनुहोस्