नेभिगेशन
समाचार

ठुलो मान्छे हैन, जनताको सेवक बन्न उम्मदेवारी दिएकी हुँ : मानुसी

काठमाडौँ । काठमाडौँको प्रतिनिधिसभा क्षेत्र नम्बर ७ बाट प्रत्यक्ष उम्मेदवार भएकी मानुसी यमी भट्टराईले आफू सांसद बनेर ठुलो मन्छे बन्नु भन्दा पनि जनताको सेवा उम्मेदवारी दिएको बताएकी छन् । चुनाव प्रचार प्रसारमा आज आयोजित सभालाई सम्बोधन गर्दै मानुसीले यस्तो बताएकी हुन् ।

उनले आफूले निर्वाचन जितेपछि आफ्नो निर्वाचन क्षेत्रमा रहेको आमा समूह, महिला समूह, विभिन्न समाजिक संघ, संस्था सबैसँग मिलेर जनताको सेवामा लाग्ने प्रतिवद्धता व्यक्त गरिन् ।

अग्रजलाई सम्मान गर्दै देशको नीति निर्माण तहमा युवाको भूमिकालाई बढाउन आफूले उम्मेदवारी दिएको उनले बताइन् । उनले मानिसहरु सांसद जितेर गएपछि आफू ठुलो भएको सम्झीने र जनतालाई व्यवस्ता गर्ने गरेले जनतामा राजनीतिक प्रति नकारात्मक भावना बढी रहेको बताइन् । उनले अहिलेको जनतामा परेको राजनीतिक प्रतिको नकारात्मक भावनालाई हटाएर गाउँ टोलमा रहेको विभिन्न सामाजिक संघ, सस्था तथा समुहहरुसँग एकाकार भएर समाजालाई नयाँ दिशामा लैजान आफूले उम्मेदवारी दिएको बताएकी छन् ।

काठमाडौँमा जन्मिएकाहरु काठमाडौँवासी हुँ भनेर गर्व सक्ने अवस्था नभएको भन्दै आफूले यहाँको भौतिक, समाजिक र आर्थिक विकास मार्फत् काठमाडौँवासीलाई गर्व गर्न सक्ने बनाउने बताए । उनले अहिले आफूले निश्चित दलको उम्मेदवार जस्तो भएपनि आफूले निर्वाचन जितेपछि सबै समुदाय, राजनीतिक दल तथा दलभन्दा बाहिर रहेर स्वतन्त्र बसेकाहरुलाई समेत आफूले समेटेर सामुहिक र साझा नेतृत्वको भावना विकास गर्न आफू लाग्ने बताइन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार