नेभिगेशन
समाचार

यस्तो छ आजदेखि सुरु भएको सत्ता गठबन्धन प्रादेशिक भेला

काठमाडौं । सत्ता गठबन्धनले आजदेखि संयुक्तरूपमा चुनावी अभियान सुरू गर्दैछ । असोज २७ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकको निर्णयअनुसार शुक्रबारबाट सातवटै प्रदेशमा गठबन्धन दलको संयुक्त कार्यकर्ता भेला आयोजना गरिने भएको हो ।

यसअघि काठमाडौं २ र ललितपुरमा संयुक्त चुनावी अभियान गरेका नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताले आज पोखरामा संयुक्त कार्यकर्ता भेलामा सम्बोधन गर्दैछन् । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एसका अध्यक्ष माधव नेपाललगायत कार्यक्रममा सहभागी हुने बताइएको छ ।

कांग्रेस गण्डकीका अनुसार प्रशिक्षण पोखरा सभागृहमा बिहान ११ बजेबाट तय गरिएको छ। देउवा र नेपाल बिहीबार नै पोखरा पुगिसकेका छन्। आजै २ बजे बुटवलमा पनि भेला आयोजना गरिएको छ ।

गठबन्धनले केन्द्रीयस्तरबाट निर्वाचन परिचालन गर्न रामचन्द्र पौडेलको नेतृत्वमा समन्वय समिति बनाएको छ। साथै प्रदेश तथा जिल्लाहरुमा पनि गठबन्धन दलको समन्वय समिति गठन गर्ने निर्णय यसअघि गरेको छ।

सत्ता गठबन्धनले शनिबार विराटनगर र जनकपुर, आइतबार धनगढी र सुर्खेतमा प्रादेशिक भेला गर्दैछन् । त्यस्तै कात्तिक ७ गते काठमाडौंमा भेलाको आयोजना गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार