नेभिगेशन
समाचार

माधव नेपाललाई निर्वाचन आयोगले प्रश्न– फ्रि भिसा, फ्रि टिकटको आश्वासन दिन मिल्छ ?

काठमाडौँ— निर्वाचन आयोगले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग २४ घण्टे स्पष्टीकरण सोधेको छ । रौतहटमा चुनाव प्रचारका क्रममा ‘बिना ढेउवा के भिसा मिल्तै हैं, टिकट मिल्ते हे, काठमाडौंमै तालिम मिल्ते हेँ’ भनी सार्वजनिकरुपमा दिएको अभिव्यक्ति निर्वाचन आचारसंहिता विपरीत भएकाले स्पष्टीकरण सोधेको हो । “निर्वाचन आचारसंहिताको उल्लंघन हुन गएकोले तपाईंलाई निर्वाचन आचारसंहिताको दफा २३ को उपदफा ९३० तथा उपदफा ९४० बमोजिमको कारवाही किन गर्नु नपर्ने हो रु यो पत्र तपाईंलार्य कुनै माध्यमबाट प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोग वा तपाईं उमेदवार रहेको जिल्लाको जिल्ला निर्वाचन कार्यालयमा आफैं उपस्थित भै वा आफ्नो प्रतिनिधिमार्फत् लिखित स्पष्टीकरण पेश गर्नुहुनु निर्णयअनुसार जानकारी गराइन्छ,” आयोगले सोधेको स्पष्टीकरणमा भनिएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार