२६ वर्ष मै मन्त्री !

बुधबार, मंसिर ७, २०७९
स्टकहोम- २६ वर्ष को उमेरमै मन्त्री ? पत्याउन गाह्रो हुन्छ । यद्यपि रोमीना पोरमोख्तारीले स्वीडेनमा सबैभन्दा युवा क्याबिनेट मन्त्री बन्ने रेकर्ड कायम गरेकी छिन । प्रधानमन्त्री उल्फ क्रिस्टेरसनले उनलाई आफ्नो २३ सदस्यीय मन्त्रीमण्डल मा शामेल गरेका छन् । ईरानी मूल की पोरमोख्तारी आप्रवासी हुन् भने उनि लिबरल पार्टीबाट प्रतिनिधित्व गर्छिन् । उनी पार्टीको शाखा यङ लिबरलको अध्यक्ष समेत हुन तर अब उनले यो पद छोडनु पर्नेछ । पोरमोख्तारीले जलवायु तथा पर्यावरण मन्त्रालयको कार्यभार सम्हाल्ने छिन् । उनी प्रधानमन्त्री क्रिस्टेरसनको तीखोआलोचक मानिन्थिन् । ईरानी परिवारमा जन्मिएकी पोरमोख्तारी स्टकहोमको सबर्ब मा हुर्कीएकी हुन् । यस अघि स्विडेनमा २७ वर्षको उमेरमा मन्त्री भएको रेकर्ड थियो । दक्षिणपन्थी नेता उल्फ क्रिस्टेरसनले आफ्नो मन्त्री परिषदमा २३ जना मन्त्री नियुक्त गरेका छन जसमा १२ जना पुरुष तथा ११ जना महिला छन् । स्वीडेनको नयाँ सरकार अल्पमतको सरकार हो जसलाई दक्षिणपन्थिहरुको समर्थन हाँसिल छ । स्वीडेनमा पहलो पटक अति दक्षिणपन्थी दलले सत्तामा साझेदारी गर्न लागेको छ । यद्यपि दक्षिणपन्थिहरु सरकारमा सोझै सहभागी भएका छैनन् । मन्त्रीपरिषदमा क्रिस्श्चियन डेमोक्रेट्स तथा लिबरल पार्टी सहभागी छन् ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १३:४७
प्रतिक्रिया दिनुहोस्