सफ्ट टेनिसको मिक्स युगलमा प्रदेश–१ ले जित्यो स्वर्ण

बुधबार, मंसिर ७, २०७९
पोखरा–नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सफ्ट टेनिसको मिक्स युगलमा प्रदेश–१ ले बुधबार स्वर्णपदक जित्न सफल भएको छ । पोखरा रंगशालास्थित टेनिस कोर्टमा भएको प्रतियोगितामा प्रदेश–१ का युकेश योञ्जन र श्रेया योञ्जनको जोडीले वाग्मती प्रदेशका प्रदीप खत्री र जर्जीया चौधरीको जोडीलाई ५–२ को सटेम हराउँदै स्वर्णपदक जितेको हो । नेपाल पुलिस क्लबका कमल भण्डारी र विष्णा भण्डारी तथा एपीएफका हरकसिंह धामी र भगवती विकले कास्यपदक जिते । मंगलबार सम्पन्न सफ्ट टेनिसको महिला र पुरुष युगल स्पर्धामा नेपाल पुलिस र एपीएफ १÷१ स्वर्णपदक जितेका थिए । यस्तै पुरुषतर्फ पुलिसका नरबहादुर लुङ्गेली र कमल भण्डारीको जोडीले तथा महिलातर्फ एपीएफका भगवती विक र समृद्धि महर्जनको जोडीले स्वर्णपदक जितेका थिए ।  
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १८:२८
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार