महिला ज्याभ्लिन थ्रोमा पुलिसकी लामगादेलाई स्वर्ण

बिहीबार, मंसिर ८, २०७९

पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला ज्याभ्लिन थ्रोमा नेपाल पुलिस क्लबकी चन्द्रकला लामगादेले नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेकी छिन्।

उनले बुधबार ४७.६० मिटर मिटर थ्रो गर्दै नयाँ कीर्तिमान कायम गरेकी हुन्।

यसअघि यो कीर्तिमान आर्मीकी लक्ष्मी थारुको नाममा थियो। उनले २०१९ को १३ औं सागमा ४५.२७ मिटर थ्रो गर्दै कीर्तिमान बनाएकी थिइन्।

पोखरामा लक्ष्मीले ४५.५६ मिटर थ्रो गर्दै रजत पदक जितिन्। एपीएफकी सीमाकुमारी थारु ४५.२० मिटर थ्रो गरेर कांस्य पदक जितिन्।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०२:००
प्रतिक्रिया दिनुहोस्