सन्दीपमाथि अनुसन्धानका लागि फेरि म्याद थप्ने तयारी, आज अदालतमा उपस्थित गराइँदै

बुधबार, मंसिर ७, २०७९
काठमाडौँ – क्रिकेटर सन्दीप लामिछानेलाई आज अदालतमा उपस्थित गराइने भएको छ । बलात्कारको आरोप लागेपछि हिरासतमा रहेका उनलाई आज पुनः म्याद थप्ने तयारी भइरहेको हो । लामिछानेमाथि अनुसन्धानका लागि तेस्रो पटक म्याद थपको तयारी गरिएको हो । २० असोजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका उनीमाथि यसअघि २४ असोजमा पक्राउ परेको मितिले लागु हुने गरी ७ दिन र २७ असोजमा ५ दिन म्याद थप गरिएको थियो । काठमाडौँको गौशालास्थित एक होटेलको कोठामा राखेर सन्दीपले आफूलाई बलात्कार गरेको आरोप लगाई १७ वर्षीय किशोरीले जाहेरी दिएपछि उनी नेपाली क्रिकेट टिमको क्याप्टेनबाट निलम्बनमा परेका थिए । सन्दीप क्यारेबियन लिग क्रिकेट खेल्न गएका ती किशोरीले भदौ २१ गते प्रहरी वृत्त गौशालामा उजुरी गरेकी थिइन् ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १८:१९
प्रतिक्रिया दिनुहोस्