श्रीलङ्काद्वारा युएई ७९ रनले पराजित

बुधबार, मंसिर ७, २०७९
काठमाडौँ— अस्ट्रेलियामा जारी टि–२० विश्वकप क्रिकेटअन्तर्गत आज भएको समूह ए को चौथो खेलमा श्रीलङ्काले युएईलाई ७९ रनले पराजित गरेको छ । टर हारेर ब्याटिङ गर्न आएको श्रीलङ्काले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १५२ रन जोड्यो । श्रीलङ्काका लागि पथुम निसांकाले सर्वाधिक ७४ रनको योगदान गरे । जबाफी ब्याटिङमा उत्रिएको युएई समालिएर खेल्न नसक्दा १७.१ ओभरमा सबै विकेट गुमाउँदै ७३ रनमा समेटियो । युएईका लागि ३ जना ब्याट्सम्यानबाहेक अरूले दोहोरो रन जोड्न सकेनन् । युएईको इनिङ्स धरासायी बनाउने क्रममा श्रीलङ्काका दुश्मन्था चामीरा र वानिन्दु हसरङ्गा डि सिल्भाले ३/३ विकेट लिए भने महीश थिक्षनाले २ विकेट लिए । दुई खेलमा एक जितसहित २ अङ्क जोडेको श्रीलङ्काको सुपर १२ चरणमा पुग्ने सम्भावना यथावत् छ भने २ खेलमा दुवै हार बेहोरेको युएईको अर्को चरण पुग्ने सम्भावना लगभग सकिएको छ । जारी विश्वकपमा बुधबार वेस्ट इन्डिज विरुद्ध जिम्बावे र स्कटल्यान्ड विरुद्ध आयरल्यान्डका खेल हुनेछन् ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १८:०६
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार