नवौं राष्ट्रिय खेलकुद : महिला क्रिकेटमा बागमती प्रदेशलाई कास्य

बिहीबार, मंसिर ८, २०७९
पोखरा–बागमती प्रदेशले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको महिला क्रिकेट प्रतियोगितामा कास्य पदक जितेको छ । मंगलबार भएको खेलमा लुम्बिनी प्रदेशलाई ७ विकेटले पराजित गर्दै बागमतीले कास्य पदक जितेको हो । पोखरा रंगशालामा लुम्बिनी प्रदेशले दिएको ८८ रनको लक्ष्य बागमती प्रदेशले १६ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गरेको थियो । यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८७ रन बनायो ।  
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०१:४७
प्रतिक्रिया दिनुहोस्