नवौं राष्ट्रिय खेलकुद : म्याराथन दौडने पोखरामा यस्तो छ रुट

बुधबार, मंसिर ७, २०७९

काठमाडौं । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष तथा महिला म्याराथन दौड सुरु भएको छ।

पोखरा रंगशालाबाट सुरु भएको दौड पृथ्वी चोक, तमु चोक, विरौटा, लेकसाइड, हलन चोक, बागलुङ हाइवे, हेम्जा, मुलपानी टोल, जिरो किलोमिटर, सिर्जना चोक हुँदै पुनः रंगशाला आएर सकिने छ। प्रतियोगीले ४२.१९५ किलोमिटर दुरी पार गर्नुपर्ने छ ।

यो म्याराथन दौडमा पुरुषतर्फ १८ र महिलातर्फ ९ जनाले भाग लिएका छन्।

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १७:४६
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार