आईसीसी टी–२० : पहिलो खेलमा श्रीलंकामाथि नामिबियाको फराकिलो जित

बुधबार, मंसिर ७, २०७९
काठमाडौ–अष्ट्रेलियामा जारी आईसीसी टी–२० विश्वकपअन्तर्गतको पहिलो खेलमा नामिबियाले श्रीलंकामाथि ५५ रनको फराकिलो जित हात पारेको छ । आइतबार भएको पहिलो खेलमा नामिबियाले दिएको १६४ रनको लक्ष्य श्रीलंकाले १९ ओभरमा सबै विकेट गुमाएर १०८ रन मात्र बनाउन सक्यो । श्रीलंकाका लागि कप्तान डासुन शनकाले २९ तथा भानुका राजपाक्षले २० रन बनाउनुबाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । नामिबियाका लागि डेभिड विसे, बर्नार्ड स्कोल्ज, बेन शिकोन्गो र जान फ्राइलिंकले समान २÷२ विकेट लिएका थिए । यसअघि टस हारेर ब्याटिङ गरेको नामिबियाले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १६३ रन बनाएको थियो । नामिबियालाई सम्मानजनक अवस्थामा पु¥याउने क्रममा फ्राइलिंकले ४४ तथा जेजे स्मिथले अविजित ३१ रनको पाली खेले ।  
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १८:३४
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार