नवौँ राष्ट्रिय खेलकुद : महिला भलिबलमा एपिएफसँग त्रिभुवन आर्मी पराजित

बुधबार, मंसिर ७, २०७९
म्याग्दी–नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत बेनीमा जारी राष्ट्रिय महिला भलिबलको आइतबार सम्पन्न पहिलो खेलमा शसस्त्र प्रहरीको एपिएफ विजयी भएको छ । लिग चरणको खेल अन्तर्गत आइतबार भएको खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले शसस्त्र प्रहरीको एपिएफलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफले जित निकालेको हो । विभागीय टोलीबीचको निकै प्रतिस्पर्धापूर्ण भएको खेलमा एपिएफले पहिलो सेटमा २५–२०, तेस्रो २५–२१ र चौथो २५–२३ ले जित हात पारेको थियो । प्रतियोगिता दोस्रो सेट त्रिभुवन आर्मी क्लबले २५–१९ ले जिते पनि अन्य सेटको खेलमा अन्तिममा सम्हालिन नसक्दा पराजय भोग्नुपरेको थियो । प्रतियोगिता अन्तर्गत विभागीय र प्रदेशको खेल सोझो सेटमै विभागीय टोली हावी भएकोअवस्थामा आजको खेलमा दुई विभागीय टोलीको खेल निकै रोचक भएको थियो । खेलको अवलोकनका लागि खुल्लामञ्चमा खचाखच दर्शकको उपस्थिती रहेको थियो । खेलमा एपिएफकी निरुता ठकुन्ना उत्कृष्ट खेलाडी घोषित भएको खेलका अफिसियल व्यवस्थापक तथा जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँले बताए । उत्कृष्ट खेलाडीलाई अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भरत पुनले ट्रफि प्रदान गरेका थिए । खेलको अवलोकन गर्न शसस्त्र प्रहरी,नेपाली सेनाका उच्च अधिकारीहरुको पनि सहभागिता रहेको थियो । लिक कम नक आउट सिस्टममा खेलाइने प्रतियोगिताका लागि चार वटा समूह बनाइएको छ । पाँच दिनमा १६ वटा खेल सञ्चालन हुनेछन् । समुह १ र २ मा तीन÷तीन र समुह ३ र ४ मा २÷२ वटा टिम छन् । आउँदो कात्तिक २ गतेसम्म सञ्चालन हुने महिला भलिबलमा सात प्रदेश र विभागीय टिमसहित सहभागिता छन् ।    
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १८:३४
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार