प्याराग्लाइडिङ दुर्घटनामा खेलाडीको मृत्यु

बिहीबार, मंसिर ८, २०७९
पोखरा–नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत प्याराग्लाइडिङको क्रसकन्ट्री इभेन्टमा सहभागी खेलाडी निसिम थापाको खसेर मृत्यु भएको छ । पोखराको सराङकोटबाट उडेको प्याराग्लाइडिङ पाईलट क्रसकन्ट्री इभेन्टमा प्रतिस्पर्धामा थिए । उनी त्रिभुवन आर्मीबाट सहभागी भएका थिए । आकाशमा उडिरहेको अवस्थामा झण्डै एक सय मिटरबाट जमिनमा खस्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । पोखरा–१० अस्पतालचोक बस्ने २६ वर्षिय थापाको पोखराको सृजनाचोकस्थित मेट्रोसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसा प्याराग्लाइडिङ अनियन्त्रित भइ दुर्घटना भएको हो । क्रस कन्ट्री प्याराग्लाइडिङ खेल चलिरहेको अवस्थामा प्याराग्लाइडिङ अनियन्त्रित भएपछि उडेको ५ करिब मिनेटमै खसेको थियो ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०१:२८
प्रतिक्रिया दिनुहोस्