आफ्नै नाममा रहेको कीर्तिमानमा सुधार गर्दै स्वर्ण पदक

बुधबार, मंसिर ७, २०७९
काठमाडौँ – नेपाली सेनाका नासिर याह्या हुसेनले नवौँ राष्ट्रिय खेलकुदअन्तर्गतका २२औँ राष्ट्रिय पौडी च्याम्पियनसिपमा आफ्नै नाममा रहेको कीर्तिमानमा सुधार गर्दै स्वर्ण पदक जितेका छन् । नासिरले १५ सय मिटर फ्रि-स्टायलमा काठमाडौँमा सम्पन्न १३औँ दक्षिण एसियाली खेलकुदमा कायम गरेको १७ मिनट ४९.९५ सेकेन्ड समयमा सुधार गर्दै १६ मिनेट ५०.२१ सेकेन्डको नयाँ राष्ट्रिय रेकर्ड कायम गरेका हुन् । साथै, उनले नवौँ राष्ट्रिय खेलकुदमा पौडीतर्फ पहिलो स्वर्ण पदक पनि जितेका छन् । दोस्रो स्थानमा रहेको एनआरएनएका आशिष सापकोटाले पनि नासिरले दक्षिण एसियाली खेलकुदमा स्थापित गरेको रेकर्डलाई उछिनेका थिए । सापकोटाले १६ मिनट ५७.९५ को समयमा दूरी पार गरेका थिए । उनले रजत पदक प्राप्त गरे । तेस्रो स्थानमा पुलिसका सुनिलकुमार थापा मगर रहे । उनले काँस्य पदक प्राप्त गरे । डुवानाले पनि राखे नयाँ कीर्तिमान  पोखराको बिरौटास्थित फिसटेल एकेडेमीको पौडी पोखरीमा भएको प्रतियोगितामा सेनाकी डुवाना लामाले आफ्नो नाममा नयाँ राष्ट्रिय कीर्तिमान बनाउन सफल भएकी छिन् । उनले २०० मिटर व्यक्तिगत मिड्लेतर्फ गौरीका सिंहले नेपालगन्जमा सम्पन्न आठौँ राष्ट्रिय खेलकुदमा कायम गरेको २ मिनट ३२ सेकेन्डको समयलाई पछाडि पार्दै २ मिनेट ३१.४६ सेकेन्डको नयाँ समयको कीर्तिमान कायम गरिन् । यो उनले हिट चरणमा कायम गरेको समय हो ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १८:३५
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार