आर्मी २७ पदकसहित शीर्ष स्थानमा

बुधबार, मंसिर ७, २०७९
काठमाडौँ – पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा आर्मी २७ पदकसहित शीर्ष स्थानमा रहेको छ । हालसम्म नेपाल आर्मीले आठ स्वर्ण, नौ रजत र १० काँस्यसहित २७ पदक जित्दै शीर्ष स्थानमा छ । दोश्रो भएको बागमती प्रदेशले पाँच स्वर्ण, तीन रजत र दुई काँस्यसहित १० पदक जितेको छ । एपिएफले चार स्वर्ण, पाँ रजत र नौ काँस्यसहित १८ पदक जितेको छ भने नेपाल पुलिस क्लबले दुई स्वर्ण, एक रजत र दुई काँस्यसहित पाँच पदक पाएको छ । घरेलु मैदानमा गण्डकी प्रदेश कमजोर सावित भएको छ । गण्डकीले हालसम्म स्वर्ण र रजत पदक पाउन सकेको छैन । पाँच वटा काँस्य मात्रै पाएको गण्डकी सातौं स्थानमा छ । पाँचौ स्थानमा रहेको सुदुरपश्चिमले एक स्वर्ण र तीन काँस्यसहित चार पदक र लुम्बिनीले दुई रजत पदक पाएको छ । प्रदेश १ ले तीन कास्य मात्रै जितेको छ । कर्णाली, मधेश र एनआरएनए हालसम्म पदकविहिन छन् । हालसम्म २० इभेन्टका खेल सकिएका छन् ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १८:५८
प्रतिक्रिया दिनुहोस्