नेभिगेशन
जीवनयापन

बास्तुशास्त्र अनुसारको मूलढोकाको सजावट

प्राचीन ग्रन्थहरुबाट ढोकाको सजावटको लागि निम्नलिखित विषयहरु बताइएको छ : १. कुल देवता : परिवारको कुल देवताको मूर्त वा चित्र । यो एक हात अर्थात् लगभग १८ इन्चभन्दा धेरै लामो हुनुहुँदैन । २. दुई प्रतिहार (पहरेदार) : ढोकाको दुवैतर्फ एक एक द्वार रक्षक । जसले राम्रा बस्त्र लगाएको होस्, गहनाले सजिएको होस्, यौवन र सौन्दर्यले पूर्ण होस् र जसको हातमा एउटा लौरो र एउटा तलबार होस् । ती दुईको साथमा एक एक वटी द्वार रक्षिका पनि हुनुपर्छ । ३. धात्री (नर्स) : यस धात्रीको पछाडि उसकी महिला सेविका, विदूषक आदि हुन् । ४. शङ्ख र पद्मनिधि : जसबाट मुद्राहरु (सिक्काहरु) निस्किरहेका हुन् । ५. अष्टमङ्गल : कमलको आसनमा, आठ वटा शुभ प्रतीकयुक्त पवित्र माला लगाएका । ६. लक्ष्मी : कमलको आसनमा वस्त्राभूषणहरुबाट राम्ररी सजिएर, जसलाई हात्तीले स्नान गराइरहेको होस् । ७. गाई : आफ्नो बाच्छासहित, जसलाई फूलको मालाबाट राम्ररी सजाइएको होस् । आजभोलि मानिसहरु अति उत्साहमा आएर कृष्ण, गणेश, विष्णु आदि देवताहरुको मूर्ति तथा अन्य निषेध गरिएका चित्रहरुबाट आफ्नो घरको सजावट गर्ने गर्दछन् । यस्तो गर्नबाट बच्नुपर्छ र ती चित्र÷मूर्ति तथा प्रतीकहरुको मात्र प्रयोग गर्नुपर्छ जसको हाम्रो प्राचीन ग्रन्थहरुमा प्रयोग गर्न निषेध गरिएको छैन । साभार : ‘वास्तुशास्त्र’ पुस्तकबाट
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय