नेभिगेशन
समाचार

कांग्रेसको घोषणापत्र संशोधनसहित पारित

काठमाडौं–नेपाली कांग्रेसले आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि तयार पारेको घोषणापत्र केन्द्रीय कार्यसम्पादन समितिबाट पारित गरेको छ । शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले घोषणापत्र संशोधनसहित पारित गरेको हो । पार्टी कार्यालय सानेपामा बसेको बैठकले घोषणापत्र संशोधनसहित पारित गरेको घोषणापत्र लेखन समितिका प्रवक्तासमेत रहेका सह–महामन्त्री जीवन परियारले जानकारी दिए । बैठकमा घोषणापत्र लेखन समितिका संयोजकसमेत रहेका महामन्त्री विश्वप्रकाश शर्माले घोषणापत्रको मस्यौदा पेस गरेका थिए।शर्माको संयोजकत्वमा ४१ सदस्यीय समिती बनेको थियो। निरन्तरतामा नविनता दिने गरी घोषणापत्र तयार पारिएको प्रवक्ता परियारले बताए । अर्थविज्ञ स्वर्णीम वाग्लेको संयोजकत्वमा डा.गोवीन्दराज पोखरेल, गेजा शर्मा वाग्ले, डा. कृष्ण पौडेल, प्रताप पौडेल लगायत ६ सदस्सीय प्रारम्भिक मस्यौदा उपसमिति गठन गरिएको थियो । बैठकमा घोषणापत्रमा समेट्ने विषयबारे नेताहरुले दिएको सुझावलाई समेटेर एक साताभित्र सार्वजनिक गर्ने लेखन समितिका प्रवक्तासमेत रहेका सहमहामन्त्री जीवन परियारले जानकारी दिए । बैठकमा पार्टी सभापति शेरबहादुर देवासहितका नेताहरुले केही सुझावहरु दिएका थिए । तिनै सुझावलाई समेटेर घोषणापत्रलाई अन्तिम रुप दिने कांग्रेसको तयारी छ । उसले खासगरी आगामी ५ वर्षमा कहाँ पुग्ने भन्ने रोडम्याप ल्याउने जनाएको छ । बैठकमा लेखन समितिका संयोजकसमेत रहेका महामन्त्री विश्वप्रकाश शर्माले घोषणापत्रको ड्राफ्ट प्रस्तुत गरेका थिए । डा.वाग्लेले घोषणापत्र तीन खण्डमा विभाजित रहेको भन्दै स्थानीय चुनावको घोषणापत्रको निरन्तरताका रुपमा आउने बताए । उनले घोषणापत्रको सार आर्थिक सुशासन, युवा रोजगारी र उद्यमशिलता रहेको जानकारी दिए ।  
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार