नेभिगेशन
समाचार

डा सुनिल शर्माले सुरु गरे घरदैलो अभियान

मोरङ— मोरङ क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका तर्फबाट गठवन्धनका प्रतिनिधिसभाका साझ उम्मेद्वार डा सुनिल शर्माले शुक्रवारदेखि चुनावी घरदैलो अभियान सुरु गरेका छन् । मोरङ क्षेत्र नम्बर ३ ख का उम्मेद्वार लक्ष्मीकुमार श्रेष्ठ सहितका नेताहरु पनि घरदैलो कार्यक्रममा सहभागी भएका थिए । गठवन्धनले क्षेत्रनम्बर ३ मा सुन्दर हरैचा नगरपालिकाको १० नम्बर वाडा घरदैलो अभियान सुरु गरेका हुन । गठबन्धन आवद्द सवै दलका नेताहरु घरदैलो अभियानमा सहभागी भएका थिए । बिहीबार मात्र गठबन्धन आवद्ध दलहरुले संयुत्त विज्ञप्ती जारी गर्दा मोरङ क्षेत्रनम्बर ३ मा गठबन्धन आवद्ध उम्मेदार विजय गराउन अपिल गरेका थिए । अभियानको क्रममा प्रतिनिधिसभाका उम्मेदवार शर्माले गठबन्धन उम्मेद्वारहरुलाइ भोट दिए जनताको भोट खेर जान नदिने र पुरै इमान्दारिता पुर्वको क्षेत्रको विकाशमा लाग्ने प्रतिबद्धता जनाएका थिए । घरदैलो कार्यक्रममा उम्मेदवारहरुले यस क्षेत्रको विकास, शिक्षाको सुधार , स्वास्थ्य देखि पूर्वाधार विकाशका विषयमा आफुहरुसँग प्रष्ट खाका रहेको र यीनै योजना कार्यन्वयन गर्नपनि आफूहरुलाइ भोट दिन जनतासँग आग्रह गरेका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार