नेभिगेशन
समाचार

उम्मेदवारी खारेजीविरुद्ध धर्ना

रुपन्देही–प्रतिनिधिसभातर्फ रुपन्देही क्षेत्र नं. २ बाट स्वतन्त्र उम्मेदवारी दिएका डा. कमल भुसाल (निकोलस) को उम्मेदवारी रद्द भएपछि उनका समर्थकले शुक्रबार बुटवलमा धर्ना दिएका छन् । उम्मेदवारी खारेजीविरुद्ध रुपन्देही क्षेत्र नं. २ को निर्वाचन अधिकृतको कार्यालय अगाडि उनीहरूले धर्ना दिएका हुन् । स्वतन्त्र उम्मेदवार डा भुसालका समर्थक र लौरो अभियानका समर्थकहरूले रुपन्देही क्षेत्र नम्बर २ को निर्वाचन अधिकृतको कार्यालय रहेको बुटवल उपमहानगरपालिकाको पुरानो भवनको गेटमा धर्ना दिएका हुन् । धर्नामा निकोलसका बुबा तुलसीकुमार भुसाल, उनका दाजु सागर भुसाल लगायत उनका समर्थक र लौरो अभियानका समर्थक विभिन्न प्ले कार्ड बोकेर बसेका थिए । निकोलस समर्थक समूहका प्रचार विभाग प्रमुख दिपेशराज नेपालले धर्ना दिनहुँ गरिने बताए । निकोलसको उम्मेदवारी विरुद्ध टोपनाराण पौडेलले जबरजस्ती उजुरी हाल्न लगाएर उम्मेदवारी खारेज गरिएको उनको दाबी छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार