नेभिगेशन
समाचार

प्रतिनिधिसभामा महिला उम्मेदवारको उपस्थिति निराशाजक

काठमाडौं– प्रतिनिधिसभा चुनावमा महिला उम्मेदवारको उपस्थिति निराशाजनक देखिएको छ । निर्वाचन आयोगका अनुसार १६५ निर्वाचन क्षेत्रको लागि हुने प्रतिनिधि सभा निर्वाचनमा ६१ वटा निर्वाचन क्षेत्रमा महिला उम्मेदवारको संख्या शून्य रहेको छ । प्रतिनिधिसभा चुनावको लागि उम्मेदवारी दिने २ हजार ४१२ जनामध्ये २ हजार १८६ जना पुरुष र २२५ जना महिला रहेका छन् । अर्थात कुल उम्मेदवारी दिनेमध्ये ९.३२ प्रतिशत संख्या मात्र महिलाको रहेको छ । निर्वाचन आयोगको तथ्याङ्कअनुसार महिला उम्मेदवारको उपस्थिति १६५ क्षेत्रमध्ये ६१ वटामा शून्य र ४८ वटा निर्वाचन क्षेत्रमा मात्र १–१ रहेको छ । प्रतिनिधिसभा तर्फको २६ वटा निर्वाचन क्षेत्रमा प्रत्येकमा २–२ जना महिला उम्मेदवार रहेका छन् भने १३ वटा निर्वाचन क्षेत्र प्रत्येकमा ३–३ जना महिलाले उम्मेदवारी दिएको आयोगले जनाएको छ । यस्तै, ८ वटा निर्वाचन क्षेत्रमा ४–४ जना, ५वटा निर्वाचन क्षेत्रमा ५–५ जना, २ वटा निर्वाचन क्षेत्रमा ६–६ जना, एउटा निर्वाचन क्षेत्रमा ७ जना र एउटा निर्वाचन क्षेत्रमा १० जना महिलालाई उम्मेदवार बनाइएको छ । शून्य महिला उम्मेदवार भएका निर्वाचन क्षेत्र : ताप्लेजुङ निर्वाचन क्षेत्र नं.१ पाँचथर निर्वाचन क्षेत्र नं.१ इलाम निर्वाचन क्षेत्र नं.१ झापा निर्वाचन क्षेत्र नं.३ संखुवासभा निर्वाचन क्षेत्र नं.१ भोजपुर निर्वाचन क्षेत्र नं.१ धनकुटा निर्वाचन क्षेत्र नं.१ मोरङ निर्वाचन क्षेत्र नं.४ मोरङ निर्वाचन क्षेत्र नं. ६ सुनसरी निर्वाचन क्षेत्र नं.४ खोटाङ निर्वाचन क्षेत्र नं.१ सप्तरी निर्वाचन क्षेत्र नं.३ धनुषा निर्वाचन क्षेत्र नं.१ धनुषा निर्वाचन क्षेत्र नं. २ धनुषा निर्वाचन क्षेत्र नं. ४ महोत्तरी निर्वाचन क्षेत्र नं.२ महोत्तरी निर्वाचन क्षेत्र नं.४ रौतहट निर्वाचन क्षेत्र नं.२ रौतहट निर्वाचन क्षेत्र नं. ३ बारा निर्वाचन क्षेत्र नं.१ बारा निर्वाचन क्षेत्र नं.२ बारा निर्वाचन क्षेत्र नं.४ पर्सा निर्वाचन क्षेत्र नं.१ पर्सा निर्वाचन क्षेत्र नं.२ पर्सा निर्वाचन क्षेत्र नं.३ पर्सा निर्वाचन क्षेत्र नं.४ दोलखा निर्वाचन क्षेत्र नं.१ धादिङ निर्वाचन क्षेत्र नं.१ काभ्रेपलाञ्चोक क्षेत्र नं.१६ मकवानपुर निर्वाचन क्षेत्र नं.२ गोरखा निर्वाचन क्षेत्र नं.२ मनाङ क्षेत्र नं.१ लमजुङ निर्वाचन क्षेत्र नं.१ नवलपरासी (बर्दघाट सुस्ता पूर्व) निर्वाचन क्षेत्र नं.२ मुस्ताङ निर्वाचन क्षेत्र नं.१ बागलुङ निर्वाचन क्षेत्र नं.१ पाल्पा निर्वाचन क्षेत्र नं.१ रुपन्देही निर्वाचन क्षेत्र नं.४ रुकुम पूर्व निर्वाचन क्षेत्र नं.१ बाँके निर्वाचन क्षेत्र नं.३ बर्दिया निर्वाचन क्षेत्र नं.१ बर्दिया निर्वाचन क्षेत्र नं २ सल्यान निर्वाचन क्षेत्र नं.१ डोल्पा निर्वाचन क्षेत्र नं.१ मुगु निर्वाचन क्षेत्र नं.१ कालिकोट निर्वाचन क्षेत्र नं.१ हुम्ला निर्वाचन क्षेत्र नं.१ जाजरकोट निर्वाचन क्षेत्र नं.१ दैलेख निर्वाचन क्षेत्र नं.२ सुर्खेत निर्वाचन क्षेत्र नं.१ रुकुम पश्चिम निर्वाचन क्षेत्र नं.१ बाजुरा निर्वाचन क्षेत्र नं.१ अछाम निर्वाचन क्षेत्र नं.१ अछाम निर्वाचन क्षेत्र नं. २ बझाङ निर्वाचन क्षेत्र नं.१ कैलाली निर्वाचन क्षेत्र नं.२ कैलाली निर्वाचन क्षेत्र नं.४ दार्चुला निर्वाचन क्षेत्र नं.१ बैतडी निर्वाचन क्षेत्र नं.१ डडेलधुरा निर्वाचन क्षेत्र नं.१ कञ्चनपुर निर्वाचन क्षेत्र नं.२
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार