नेभिगेशन
समाचार

गुरुङको उम्मेदवारी खारेजीको सुनवाइ स्थगित

काठमाडौं–नेकपा एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेजीसम्बन्धी रिटको सुनुवाइ स्थगित भएको छ । आफ्नो उम्मेदवारी खारेजी भएपछि सर्वोच्च अदालत गएका गुरुङको शुक्रबार सुनवाइ हुने भनिएको थियो । सर्वाेच्चका न्यायाधीश हरि फुयाँलको एकल इजलासमा परेको उनको मुद्दा निवेदकको कानुन व्यवसायीको तर्फबाट सुनुवाइ स्थगित भएको हो । बैंकिङ कसुर मुद्दामा कालोसूचीमा रहेको उल्लेख गर्दै गुरुङको उम्मेदवारी खारेज गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको थियो । आयोगको उक्त निर्णय विरुद्ध गुरुङले रिट निवेदन दायर गरेका थिए । सहायक निर्वाचन अधिकृत घनश्याम गौतमले सूचना जारी गर्दै प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा १३ को खण्ड (ज) र निर्देशिका २०७९ को दफा १६ (ज) लाई आधार बनाएर उम्मेदवारी खारेज गरेका थिए । सुनवाइ अब अर्को दिनको लागि तोकिने छ । गुरुङले प्रतिनिधिसभा सदस्यका लागि रुपन्देही क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका छन् ।  
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार