नेभिगेशन
समाचार

आठ संवैधानिक आयोगहरूले चुनावको अनुगमन गर्ने

धनुषा– आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको ८ वटै संवैधानिक आयोगले अनुगमन गर्ने भएका छन् । ती आयोगहरूको संयुक्त रुपमा बसेको बैठकले संयुक्त रुपमै अनुगमन तथा मूल्याङ्कन गर्ने निर्णय गरेको हो । राष्ट्रिय मानव अधिकार आयोग, मधेशी आयोग, महिला आयोग, थारु आयोग, समावेशी आयोग, मुस्लिम आयोग तथा दलित आयोगका अध्यक्षहरूको बैठकले निर्वाचनको अनुगमनको लागि सबै आयोगले एउटा संयुक्त संयन्त्र बनाएर निर्वाचनको अनुगमन गर्ने तथा सोको मूल्याङकन गरी नेपाल सरकार समक्ष सिफारिस गर्ने निर्णय गरेका छन् । निर्वाचनको बेला संवैधानिक आयोगहरूको भूमिका महत्वपूर्ण हुने भएकोले नागरिकको स्वतन्त्रता, मौलिक अधिकार, मानवाधिकार लगायतको विषयहरुमा गम्भीर भएर साझा संयन्त्र बनाइ अनुगमन गर्ने निर्णय भएको हो । बैठकमा मधेशी आयोगका अध्यक्ष डा विजयकुमार दत्तले अहिलेको निर्वाचनमा मधेशी महिला, मधेशी दलित लगायतको उपस्थिति न्यून भएकोले समानुपातिक समावेशीतामाथि नै प्रश्न उठेको बताए । बैठकले समानुपातिक समावेशीतालाई राजनीतिक दलहरुले गम्भीर रुपमा नलिएको भन्दै चिन्ता व्यक्त गरेको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार