नेभिगेशन
समाचार

७ प्रदेशका यी स्थानमा सत्ता गठबन्धनले गर्दैछ भेला

काठमाडौं–आसन्न निर्वाचनलाई केन्द्रित गरी ५ दलीय सत्ता गठबन्धनले सातै प्रदेशमा कार्यकर्ता भेला गर्ने भएको छ । गठबन्धनको बैठकले सबै प्रदेशमा संयुक्त कार्यकर्ता भेला आयोजना गर्ने निर्णय गरेको हो । यस्तो भेला को तालिका कात्तिक ४–पोखरा, बिहान ११ बजे कात्तिक ४–बुटवल, दिउँसो २ बजे कात्तिक ५–विराटनगर, बिहान ११ बजे कात्तिक ५ जनकपुर, दिउँसो २ बजे कात्तिक ६–धनगढी, बिहान ११ बजे कात्तिक ६–सुर्खेत, दिउँसो २ बजे कात्तिक ७– काठमाडां, बिहान ११ बजे गठबन्धनले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा केन्द्रीयस्तरको निर्वाचन परिचालन समन्वय समिति पनि गठन गरेको छ । यस्तै प्रदेश र जिल्लास्तरमा गठबन्धन दलका प्रमुख रहेको प्रदेश निर्वाचन समन्वय समिति गठन गरेको छ । जिल्ला संयन्त्रले आवश्यकताअनुसार निर्वाचन क्षेत्र तथा पालिकामा पनि निर्वाचन परिचालन समन्वय समिति निर्माण गर्न सक्ने निर्णय गठबन्धनले गरेको छ । ‘संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन’ नारासहित मतदातासम्म पुग्ने निर्णयसमेत गठबन्धनले गरेको छ ।  
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार