नेभिगेशन
समाचार

झापामा १५ जना उम्मेदवारको मनोनयन फिर्ता, १९२ जना उम्मेदवार कायम

झापा— आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका झापाका १५ जना उम्मेदवारले आफ्नो नाम फिर्ता लिएका छन् । उम्मेदवारले नाम फिर्ता लिने समय बुधबार सम्ममा प्रतिनिधिसभा तर्फका ७ र प्रदेशसभातर्फका ८ जना उम्मेदवारले नाम फिर्ता लिएको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ । उम्मेदवारी फिर्ता लिनेहरूमा झापा क्षेत्र नं १ बाट राप्रपा नेपालका तर्फबाट उम्मेदवारी दिने सन्तराज कार्की, १ को प्रदेश ‘ख’ बाट स्वतन्त्र उम्मेदवारी दिने गीताप्रसाद अधिकारी, राजन चिमरिया, क्षेत्र नं २ मा राप्रपा नेपालका तर्फबाट उम्मेदवारी दिने कमलप्रसाद खरेल, स्वतन्त्र उम्मेदवारी दिने अर्पण बस्नेत, क्षेत्र नं ४ मा राप्रपा नेपालका तर्फबाट उम्मेदवारी दिने विजयप्रसाद राजवंशी, स्वतन्त्र उम्मेदवारी दिने खेम नेपाल, ४ को प्रदेश ‘ख’ मा स्वतन्त्र उम्मेदवारी दिने भरत श्रेष्ठ, क्षेत्र नं ५ मा प्रतिनिधिसभातर्फ स्वतन्त्र उम्मेदवारी दिने सुलोचना राजवंशी, विष्णुप्रसाद सिग्देल, प्रदेशसभातर्फ ‘क’मा स्वतन्त्र उम्मेदवारी दिने इन्द्रबहादुर न्यौपाने, ‘ख’ मा स्वतन्त्र उम्मेदवारी दिने वेदनिधि गौतम, दीपेन्द्र तिवारी, राजन चापागाईँ र राप्रपा नेपालका उम्मेदवार वासुदेव भट्टराई रहेका छन् । झापामा २०७ जनाले उम्मेदवारी दर्ता गराएका थिए । प्रतिनिधिसभा निर्वाचनका लागि १०१ र प्रदेशसभा निर्वाचनका लागि १०६ जनाले उम्मेदवारी दर्ता गराएका थिए । अब झापाका पाँचवटै निर्वाचन क्षेत्रका लागि १९२ जना उम्मेदवारको नाम कायम भएको निर्वाचन कार्यालयले जनाएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार