नवौं राष्ट्रिय खेलकुद : महिला क्रिकेटमा मधेश प्रदेशको पहिलो जित

बिहीबार, मंसिर ८, २०७९
पोखरा–घरेलु मैदानमा पहिलो जित दर्ता गर्ने गण्डकी प्रदेशको योजना फेरी सफल हुन सकेन् । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा गण्डकी प्रदेश मधेश प्रदेशसँग ४० रनले पराजित हुदैं खराब शुरुवात गरेको छ । मधेश प्रदेशले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा जित आत्मसाथ गर्दै गण्डकी माथि सदा झैं दबाव कायमै राख्यो । टस हारेर व्याटिङमा उत्रिएको मधेश प्रदेशले निर्धारित २० ओभर खेल्दै ७८ रनकोे गण्डकीलाई लक्ष्य दिएको थियो । टस हारेर व्याटिङमा उत्रिएको मधेशले पनि पहिलो दुई ओभरमा दुई विकेट गुमायो । ओपनरको रुपमा आएकी अनुराधा चौधरीले ४ बल खेल्दै डक आउट भईन् । यसअघि नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेट प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।  
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०१:५६
प्रतिक्रिया दिनुहोस्