भारतको महाराष्ट्रमा गुडिरहेको बसमा आगलागी हुँदा ११ जनाको मृत्यु

बुधबार, मंसिर ७, २०७९
काठमाडौं–भारतको महाराष्ट्रमा गुडिरहेको बसमा बसमा भीषण आगलागी हुँदा ११ जनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार नासिक–औरंगाबाद मार्गको नान्दुर्नाका भन्ने स्थानमा गएराति बसमा आगलागी भएको हो । नासिक प्रहरीले पनि यो घटनाको पुष्टि गरेको छ । नासिक प्रहरीका अनुसार घाइतेहरुलाई अस्पताल भर्ना गरिएको छ । तर उनीहरूको संख्या खुलाइएको छैन । धेरै मानिस जलेका कारण मृत्यु हुनेको संख्या बढ्ले अनुमान गरिएको छ । बस यवतमालबाट मुम्बई जाँदै थियो । घटनाबारे अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।  
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १५:५१
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार