नेभिगेशन
मनोरञ्जन

पुष्पनको ल्याए ‘लाहुर’

काठमाडौँ– दशैं तिहारजस्ता ठूला चाडबाडमा पनि घर जान नपाउने फौजीहरूको पीडामा पुष्पन प्रधानको स्वरमा ‘लाहुर’ बोलको गीत सार्वजनिक भएको छ । गीतले खासगरी दशैं र तिहार जस्ता चाडपर्वमा परिवारसँग भेट्न नपाउँदाको पीडालाई व्यक्त गरेको छ । यो गीतले लाहुर गएको श्रीमान् र उनलाई कुरिरहेकी श्रीमतीको भाव र मायाको छटपटीलाई देखाइएको छ । सङ्गीत तयार गरेका सुशान्त गौतमले कोरसको प्रयोगमार्फत एउटै गीतबाट फौजी र परिवारको कथा बयान गराएका छन् । उनले शब्द भने अनिल शर्माको सहयोगमा तयार गरेका हुन् । म्युजिक भिडियो हरि हुमागाईँले निर्देशन गरेका हुन् । भिडियोमा उत्तम हुमागाईँको छायाङ्कन र हरिकै सम्पादन छ । कन्सेप्ट डिजाइन भिडियोमा पुष्पन प्रधानको छ । भिडियोमा प्रकाश सपुत, रेश्मा घिमिरे, राजेन्द्र हुमागाईँ, गोकुल हुमागाईँ, सायना हुमागाईँलगायतको अभिनय छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन

ज्याकलिनसँग शिखर धवनको गीत आउदै