राजनीति
समाज
सुरक्षा–अपराध
समाज विविध
विश्लेषण
विचार
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अर्थतन्त्र
बैंक–वित्त
श्रम/राेजगार
पुँजी बजार
उद्यम
अर्थ विविध
कर्पाेरेट
कला
साहित्य
मनाेरञ्जन
खेलकुद
मल्टिमिडिया
सिएन विशेष
प्रदेश
प्रदेश १
मधेस
बागमती
गण्डकी
लुम्बिनी
कर्णाली
सुदूरपश्चिम
सिएन ग्यालरी
गृहपृष्ठ
राजनीति
समाज
सुरक्षा–अपराध
समाज विविध
विश्लेषण
विचार
अन्तर्वार्ता
सम्पादकीय
ब्लग
अर्थतन्त्र
बैंक–वित्त
श्रम/राेजगार
पुँजी बजार
उद्यम
अर्थ विविध
कर्पाेरेट
कला
साहित्य
मनाेरञ्जन
खेलकुद
मल्टिमिडिया
सिएन विशेष
सिएन ग्यालरी
सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Weather Update
विविध
दुर्गा पक्षको छैटौँ दिन कात्यायनी देवीको पूजा आराधना गरिँदै
सिएन नेपाल
शुक्रबार, मंसिर ९, २०७९
शुक्रबार, मंसिर ९, २०७९
काठमाडाैँ – दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठी अर्थात् दुर्गा पक्षको छैटौँ दिन कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । कुनै समय देवताहरुको कार्यसम्पादन गर्न भगवती देवी कात्यायन ऋषिका आश्रममा अत्यन्त सुन्दरी कुमारीका रुपमा अवतार लिइछन् । उनको बाल सौन्दर्यबाट मुग्ध भएर कात्यायन ऋषिले पुत्रीका रुपमा स्वीकार गरेछन् । यसैले यिनको नाम कात्यायनी भएको विभिन्न पौराणिक ग्रन्थमा उल्लेख गरिएको छ । कात्यायनीको प्रतिमा लक्षणमा शार्दूल वाहन भएकी, दानव घातिनी, हातमा खड्ग लिएकी, एउटा चुल्ठो भएकी, कानमा जपापुष्प ९एक प्रकारको फूल० तथा यार्लिङ लगाएकी, गधामा बसेकी, नग्न, ठूलठूला ओठ भएकी र शरीरमा तेल घसेकी हुन्छिन् भनेको पाइन्छ । यस्ती देवीको आज विशेष पूजा आराधना गरिन्छ । नवरात्रको पहिलो दिन असोज १० गते सोमबार दसैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरियो । दोस्रो दिन मङ्गलबार पूजास्थलमा दोस्रो ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो भने तेस्रो दिन बुधबार चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरियो । चौँथो दिन बिहीबार कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरियो । पाँचौँ दिन शुक्रबार स्कन्दमाता देवीको पूजा आराधना गरियो । छैटौँ दिन आज कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत लगायत देवी स्तोत्र पाठ समेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष पूजा आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद देशका धेरै भागमा विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । कतै भने कुल परम्परा अनुसार विजयादशमीका दिनमामात्र लगाउने प्रचलन पनि छ । शास्त्रीय रुपमा दुर्गा पक्षभर अर्थात् कोजाग्रत पूर्णिमासम्म दुर्गा देवीको प्रसादका रुपमा जमरा टीका लगाउन सकिने व्यवस्था रहेको धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराई बताउँछन् । यसरी १५ दिनसम्म नेपालीले बडा दशैँ पर्व धुमधामका साथ मनाउँछन् । दुर्गा पक्षसमेत भनिने दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यीनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भनिन्छ । नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्छ । काठमाडौँ उपत्यकाका गुह्येश्वरी, जयवागेश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, रक्तकाली, श्वेतकाली, बिजेश्वरी, कङ्केश्वरी, कलङ्कीमाई, चामुण्डा देवी, सुन्दरीमाई, बज्रयोगिनी, इन्द्रायणी, बगलामुखीलगायत मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । यसैगरी उपत्यका बाहिरका पलाञ्चोक भगवती, नाला भगवती, चण्डेश्वरी, पाल्चोक भगवती, कमलामाई, इच्छाकामना, मनकामना, गढीमाई, छिन्नमस्ता, पाथीभरा, दन्तकाली, गहवामाई, बागलुङ कालिका, विन्ध्यवासिनी, तालबाराही, शैलेश्वरी, बडीमालिका, उग्रतारालगायत शक्तिपीठमा पनि भक्तजनको भीड लागेको जनाइएको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९
०७:११
प्रतिक्रिया दिनुहोस्
अपडेट
बाँदरले उपद्रो मच्चाएपछि बस्ती नै खाली
राष्ट्रियसभाको उपाध्यक्षका लागि मनोनयन दर्ता आज
कुवेती दिनार र बहराइन दिनार सबै भन्दा महंगाे, कस्ताे छ अन्य देशकाे विनिमय दर
वृष राशि भएकाले शत्रुमाथि विजयी प्राप्त गर्ने, यस्तो छ अन्य राशिको आजको दिन
स्वास्थ्य क्षेत्रमा सुधारको अठोट लिएको छु : स्वास्थ्यमन्त्री गिरी
सिएन विशेष
शंकर पोखरेललाई सांसद बनाउने ओलीको तयारी
शुक्रबार, माघ २०, २०७९
क्रसर बन्द गर्ने निर्णय कागजमा हट्यो, व्यवहारमा हटेन
शुक्रबार, माघ २०, २०७९
प्रचण्डले ओलीलाई भने : राष्ट्रपति र गृहमन्त्री माओवादीकै हुन्छ, जे पर्छ बेहाेर्छु
बुधबार, माघ १८, २०७९