महिला क्रिकेट खेलको तालिका सार्वजनिक

बिहीबार, मंसिर ८, २०७९
काठमाडौँ– राष्ट्रिय खेलकुद परिषद्ले यसै महिना गण्डकी प्रदेशमा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटको खेल तालिका आज (शुक्रबार) सार्वजनिक गरेको छ । पोखरा क्रिकेट रङ्गशालामा आयोजना हुने महिला क्रिकेट असोज २३ गतेदेखि कात्तिक १ कात्तिकसम्म हुनेछ । महिला क्रिकेटमा विभिन्न नौ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा एपिएफ क्लब, मधेश प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र बागमती प्रदेश रहेका छन् । त्यसैगरी, समूह ‘बी’ मा नेपाल पुलिस क्लब, कर्णाली प्रदेश, प्रदेश–१ र लुम्बिनी प्रदेश छन् । प्रतियोगिताको उद्घाटन खेलमा गण्डकी प्रदेश र मधेश प्रदेशबीच प्रतिस्पर्धा हुनेछ भने सोही दिन हुने दोस्रो खेलमा सुदूरपश्चिम प्रदेश र बागमती प्रदेशबीच खेल हुनेछ । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । नवौँ राष्ट्रिय खेलकुद औपचारिकरुपमा असोज २८ देखि कात्तिक ३ सम्म आयोजना हुनेछ । उक्त प्रतियोगिताअनन्तर्गत पुरुष क्रिकेट भने यसअघि नै आयोजना भइसकेको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०१:२९
प्रतिक्रिया दिनुहोस्