डब्लूटीओलेद्वारा विश्वव्यापी मन्दीको संकेत

बुधबार, मंसिर ७, २०७९
काठमाडौँ – विश्व व्यापार संगठन (डब्लूटीओ) ले विश्वव्यापी मन्दीलाई संकेत गरेको छ । विभिन्न संकटका कारण देश विश्वव्यापी मन्दीतर्फ बढिरहेको डब्लूूटीओकी महानिर्देशक एनगोजी ओकोन्जो इबेलालाई उदृत गर्दै अन्तराष्ट्रिय संचारमाध्यामले जनाएका छन्। आर्थिक वृद्धिलाई पुुनःजीवित पार्न क्रान्तिकारी नीतिका लागि उनले आह्वान समेत गरेकी छन्। युक्रेन युद्ध, खाद्यान्न मूल्य, उर्जाको झट्का र कोभिड महामारीको परिणामले विश्व मन्दीको अवस्था सृजना गरेको उनको भनाइ छ। ‘अब हामीले आगामी मन्दी जस्तो देखिने मौसमको सामना गर्नुपर्नेछ’, उनले जेनेभामा ग्लोबल ट्रेड निकायको वार्षिक सार्वजनिक फोरमको उद्घाटनमा भनिन्, ‘मलाई लाग्छ विश्वव्यापी मन्दी । मलाई लाग्छ हामी विस्तारै अगाडि बढ्दै गरेको पनि त्यही हो । तर, रिकभरीको लागि पनि हामीले सोच्न सुरु गर्नुुपर्छ । हामीले आर्थिक वृद्धि पुन जगाउनुपर्छ ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १६:४८
प्रतिक्रिया दिनुहोस्